निलसागर सेवा आश्रम दाङले भवन निर्माण गर्न थाल्याे, अध्यक्ष विष्टद्धारा शिलान्यास



निलसागर सेवा आश्रम दाङले भवन निर्माण गर्न थाल्याे, अध्यक्ष विष्टद्धारा शिलान्यास

भालुवाङ २० वैशाख । लामो समयको प्रयासपछि निलसागर सेवा आश्रम दाङ शाखाको आफ्नै भवन निर्माण गर्न थालेको छ। यस अघि जग्गा तथा बजेट अभावमा भवन निर्माण गर्न नसकेको आश्रमले राप्ती गाउँपालिका–८ मिलनडाँडामा भवन निर्माण गर्न थालेको हाे ।

आश्रमको नयाँ बन्न लागेको भवनको बुधबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गरेका छन् ।  शिलान्यास कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष विष्टले सुसंस्कृत समाज निर्माणमा निलसागर सेवा आश्रमको भूमिका महत्वपूर्ण रहेको बताए ।  त्यस्तै उनले सरकारले नीति तथा कार्यक्रम मार्फत नै सामाजिक सुरक्षाको सुनिश्चितता गरेको भन्दै सामाजिक सेवा सबैको अभियान भएकाले यस्ता गतिविधिलाई  तीनै तहकाे सरकारले सहयोग गर्नु पर्ने धारण राखे ।

केन्द्रीय कार्यलय नेपालगन्ज बाँके रहेको आश्रमको दाङ शाखाले घरबार बिहीन, खुल्ला आकाश मुनी सडक पेटीमा बस्न बाध्य आमाबुबाको उद्धार गरी पालनपोषण देखि पारिवारीक पुनर्मिलन समेत गराउँदै आएकाे छ। २०७६ सालमा स्थापना भएको आश्रम शाखा हाल  वडा नम्बर ८ पिपरी निवासी समाजसेवी इन्द्रबहादुर कार्कीले निशुल्क रुपमा उपलब्ध गराउनु भएको घरबाट  सञ्चालनमा रहेको छ। अहिले आश्रमको दाङ शाखामा ३० सहयोगापेक्षी आश्रित छन् ।

आश्रममा  एक तले पक्की भवन सहित अन्य गतिविधि सञ्चालनका आवश्यक संरचना निर्माण गरिनेछ। आश्रमलाई आर्थिक वर्ष २०७८/७९ मा संघ सरकार र प्रदेश सरकारले क्रमश ७५ र १० लाख रुपैयाँ गरि कुल ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।  असार २५ गते भित्र काम सक्ने गरि न्यू अम्बे निर्माण सेवा दाङले भावन निर्माणको जिम्मा लिई  काम भई रहेको निर्माण व्यावसायी उमाकान्त घिमिरेले जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ,  समाजसेवी बुद्धिजीवी लगायत स्थानीय बासिन्दाहरुकाे सहभागी रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे