दाङमा फरार ३ जना प्रतिवादी पक्राउ



दाङमा फरार ३ जना प्रतिवादी पक्राउ

लमही २० वैशाख । दाङमा फरार ३ जना प्रतिवादी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका – ३ चोरपानी स्थायी वतन भई हाल लमही नगरपालिका – ३ फल्कापुर बस्ने वर्ष ४४ को राजेन्द्र पौडेल, लमही नगरपालिका – ६ बलरामपुर स्थायी वतन भएकी ४० वर्षिया पौष कुमारी चौधरी र लमही नगरपालिका – ५ रातोडाँडाका रिकि गिरी रहेका छन् । तीनै जनालाइ  वडा प्रहरी कार्यालय लमहीले विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे ।

पौडेललाइ उच्च अदालत तुलसीपुर दाङको २०७६।१२।०३ गतेको फैसलाले जवरजस्ती करणी उद्योगमा १ महिना १३ दिन कैद र पाँच हजार रुपैया जरीवाना तोकेको थियाे । त्यस्तै चौधरीलाइ  उच्च अदालत पाटन ललितपुरद्वारा बैकिङ कसुर मुद्धामा एक लाख अन्ठानब्बे हजार रुपैयाँ जरिवाना तोकेकाे थियाे भने गिरीलाइ सहकारीको रकम हिनामिना गरि फरार रहेका थिए ।

अदालतबाट फैसला भई फरार प्रतिवादीहरुलाई पक्राउ गरि जिल्ला अदालत घोराही समक्ष पेश गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे