राप्ती गाउँपालिकाको वडा नम्बर ८ मा सिलाईकटाई तालिम सुरु



भालुवाङ १२ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ को पिपरीमा आइतवार देखि २ महिने सिलाईकटाई तालिम सुरु भएको छ ।

राप्ती गाउँपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा दलित तथा अति विपन्न महिलाहरुका लागि २ महिने सिलाईकटाई तालिम सुरु भएको हो । तालिमको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका थिए । तालिमको उद्घाटन गर्दै अध्यक्ष विष्टले तालिम तालिममा मात्र सिमित नराखी महिला दिदीबहिनीहरुलाई व्यवसायीक बन्न आग्रह गरेका छन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले महिलाहरुलाई प्लाष्टिकको झोला प्रयोग नगरि कपडाको झोला सिलाएर प्रयोग गर्न आग्रह गरेका छन् ।

उनले स्थानीय स्रोत साधानको प्रयोग गरि बनाइएका झोला गाउँपालिकाले खरिद गर्ने समेत बताएका छन् । वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, निवर्तमान ८ नम्बर वडा अध्यक्ष गोकर्ण राना, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, प्रगतीनगर शहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, शंकर मावि पिपरीका प्रधानाध्यापक सुवर्णमान चौधरी, मेलमिलाप संयोजक रुकेन्द्र केसी र बुद्धनगर टोल विकास संस्थाका अध्यक्ष पदमप्रसाद पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्त्वय व्यक्त गरेका थिए । वडा सदस्य भानु विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे