पत्रकारबारे सभामुख घिमिरेले दिएको अभिव्यक्ति प्रति महासंघको आपत्ति



काठमाण्डाै  ४ चैत । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको पछिल्लो अभिव्यक्ति प्रति आपत्ति जनाउदै तत्काल फिर्ता लिन माग गरेको छ ।

हिजाे शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । महासचिव रोशन पुरीले उनको त्याे अभिव्यक्ति तथ्यहीन भएकाले त्यसको पुष्टि गर्न वा फिर्ता लिन माग गरिएको स्पष्ट पारे।

महासचितव पुरीले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप गराउने आधारहीन, तथ्यहीन र अशोभनीय कुरा सभामुख घिमिरेले गरेकाले महासंघले त्यसको विरोध गर्नु परेको बताए। सभामुख जस्तो पदमा रहेर प्रेस स्वतन्त्रताको भावना विपरित अत्यन्तै अशोभनीय ढंगले पत्रकारहरुमाथि आक्षेप लगाउनु अशोभनीय र अमर्यादित काम भएको उनको तर्क थियो ।

यस्तै महासंघले यसबारे विज्ञप्ति पनि निकालेकाे छ । विज्ञप्तिमा पनि सभामुखकाे अभिव्यक्तिले सञ्चार क्षेत्रकाे आत्मसम्मानमा चाेट पुगेकाे उल्लेख छ । आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभए कानुनी लगायत अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे