ऐरावती क्याम्पस लालमटियामा देउखुरीव्यापी अन्तर मावि स्तरीय भलिबल प्रतियोगीता सुरु हुँदै



भालुवाङ २ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका -२ लालमटियामा रहेकाे ऐरावती आदर्श बहुमुखी क्याम्पसले १४ औं वार्षिकोत्सवको  अवसरमा आज देउखुरीव्यापी अन्तर मावि स्तरीय भलिबल प्रतियोगीता आयाेजना गरेकाे छ ।

‘स्वस्थ्यको लागि खेलकूद रास्ट्रको लागि खेलकूद खेल खेलौ स्वस्थ रहौँ’ भन्ने मुल नारासहित प्रतियोगिता सुरु हुन लागेकाे हाे । अहिले विहान १०ः३० बजे बाट सुरु हुने प्रतियाेिगतामा राप्ती, गढवा, लमही  राजपुर, सितगंगा, सरुमारानी क्षेत्रका माध्यमिक विद्यालय स्तरीय (कक्षा-९-१२) छात्र भलिबल प्रतियोगिता संचालन हुन लागेको हो ।

प्रतियोगिता क्याम्पसको प्राङ्गणमा सञ्चालन हुने क्याम्पसका खेलकुद संयोजक चुडामणी खत्रीले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम र द्वितिय स्थान प्राप्त गर्ने समूहलाई क्रमश १० हजार १ सय ५  र ७ हजार १ सय ५ रुपैयाँ नगद सहित प्रमाण-पत्र प्रदान गरिनेछ । भने उद्द्याटन कार्यक्रममा उपस्थितीको लागी सम्पुर्णमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे