पब्लिक एजुकेशन एकेडेमीको सहिद स्मृति एवं सम्मान कार्यक्रम



लालमटिया १६ माघ । पब्लिक एजुकेशन एकेडेमी राप्ती २ बराखुट्टीले सहिद दिवसको अवसरमा सहिद स्मृति एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक विक्रान्त ज्ञवालीले कार्यक्रमको उद्देश्य, सहिदहरुको सम्मान र सपना पूरा गर्न सबै एक भएर लाग्नुपर्ने बताए । भालुवाङ पुल्चोक स्थित सहिद कृष्ण सेन इच्छुकको शालिक र मौरीघाटमा रहेको सहिद श्रीनारायण चौधरीको शालिकमा पुष्पगुच्छा सहित माल्यार्पण गरी सहिदहरुको योगदानको स्मरण र सम्मान प्रकट गरिएको थियो ।

सहिद कृष्ण सेन ‘इच्छुक’ र सहिद श्रीनारायण चौधरीको जीवनी राप्ती गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समावेश गरिएकाले सहिदहरुको स्मृति, सम्मान र योगदानका बारेमा विद्यार्थीहरुलाई जानकारी दिन सहिद स्मृति एवं सम्मान कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानन्द पाण्डेले बताए । उक्त कार्यक्रममा सहिद कृष्ण सेन ‘इच्छुक’ र सहिद श्रीनारायण चौधरीको संक्षिप्त जीवनी र योगदानका बारेमा विद्यालयका सहायक प्रधानाध्यक चम्पक राज कार्कीले बताएका थिए । कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य शोभाखर भुसाल, अतिरिक्त क्रियाकलाप समिति संयोजक साेनु भण्डारी, शिक्षक फनिराम पौडेल, विष्णु गिरी, केशव पोख्रेल, खुमप्रसाद कालाथोकी लगायत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे