जापान सरकारको दुतबासको सहयोगमा गढवामा सुधारिएको खाना पकाउने चुल्हो वितरण



गढवा १६ माघ । जापान सरकारको दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकहरुलाई १ सय ५० थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ ।

आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा जापान राजदूतावासका डिपुटी चिफ अफ मिसनका तामुरा ताकाहिरोको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा भएको हो।

सुधारिएको खाना पकाउने चुल्हो वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जापान राजदूतावासका डिपुटी चिफ अफ मिसनका तामुरा ताकाहिरोले आफु गढवामा पहिलो पटक आएको र ज्यादै खुशी अनुभूति गरिरहेको बताए । समाजमा रहेका अति बिपन्न, गरिब मजदुर, किसान मधेसी मुस्लिम समुदायहरूको दैनिक जिवनमा केही सुधार गर्ने उद्देश्यले सुधारिएको खाना पकाउने चुल्हो वितरण गरेको बताए । वितरण गर्न लागेको चुल्हो मनो अक्साईड कार्वन उत्सर्जन घटाउने र दाउराको बचत हुने लगायतका अन्य थुप्रै फाइदा हुने बताए ।

कार्यक्रममा बोल्दै डिपुटी चिफ अफ मिसनका तामुरा ताकाहिरोले जापान नेपाल बिचको सम्बन्ध सहयोग आदान प्रदान निरन्तर रहने र आफु गढवा आएर सहयोग गर्न पाउदा अत्यन्त खुशी भएको बताए । साथै ताकाहिरोले श्री दुर्गा आधारभूत बिद्यालय गढवा – ६ मनिकापुरको विध्यालयमा रहेको भौतिक संरचनाहरुमा लागेको जस्तापाताको माथी बाट नामा ताप स्थिर राख्ने मिराकुल रंगलगाउने कार्यको उद्घाटन गर्ने र त्यो रङले तापक्रम लाई नियन्त्रण गर्ने जानकारी दिए ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाभित्र रहेको दुखी पिडितहरुका लागि सहयोग गरेको सुधारिएको खाना पकाउने चुल्हो वितरण गरेकोमा धन्यवाद दिए । गढवा गाउँपालिकाको समस्यालाई पहिचान गरी थोरै भए पनि सहयोग गर्ने उद्देश्यले गरिएको सहयोग आगामीदिनहरुमा पनि सहकार्य गर्न अनुरोध गरे । गढवा गाउँपालिकाको समग्र विकासको लागि विभिन्न संघसंस्थाहरु, बिदेशी संस्थाहरु संगको सहकार्य आवश्यक रहेका बताए ।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, ४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, यूएन ह्यावीटाट जापानकाका कार्यक्रम संयोजक फुमियाशु ईसिंगा, मिराकुल कम्पनी लिमिटेड जापानका प्रबन्ध निर्देशक नोरीयुकि फुकाई, यूएन ह्यावीटाट नेपालका कार्यक्रम संयोजक राजाराम छतकुली, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजा लगायतकाको उपस्थिति रहेको थियो।

जापान सरकरको दुतवासको सहयोग,हेल्भिटास नेपालगन्ज र आत्मनिर्भर सेवा केन्द्र नेपालगन्ज को समन्वयमा गढवाका ३ वडाका १५० बिपन्न सिमान्तकृत नागरिकहरुलाइ सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको हो। ६० प्रतिशत दाउरा खपत कम हुने, ५० प्रतिशत समय र श्रम बचत हुने, एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान मिल्ने, ८० प्रतिशत धुवाँ कम हुने र बिषालु ग्यास मनो अक्साईड उत्सर्जन कम हुने लगाएतको फाइदा रहेको बताए ।

त्यसैगरी श्री दुर्गा आधारभूत बिद्यालय गढवा – ६ मनिकापुरको विध्यालयमा रहेको भौतिक संरचनाहरुमा लागेको जस्तापाताको माथी बाट ताप स्थिर राख्ने मिराकुल रंगलगाउने कार्यको उद्घाटन गरिएको छ। रङले तापक्रम लाई नियन्त्रण गर्ने र गर्मीयाममा कक्षाकोठाको तापमान न्युन हुने जानकारी दिइएको छ ।

गाउपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रसासकिय अधिकृत,वडा अध्यक्षहरु लगाएतको उपस्थितिमा भएको कार्यक्रममा जापानि दुतावासका प्रतिनिधिको पालिकाद्वारा स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे