लमही व्यापारिक महोत्सवको तयारी तीब्र



लमही ६ माघ । लमहीमा सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तयारी तीब्र पारिएको छ ।

‘कृषि र्पटन उद्योग र व्यापार,देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ महोत्सव यही माघ १२ गते देखी २५ गते सम्म अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (जैबिक बिबिधता पार्क पछाडी) सुरु हुदै छ ।

देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी तीब्र पारिएको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । महोत्सव सञ्चानलन हुने मिति नजिकिएसंगै तयारी तीब्र पारिएको हो ।

तयारी स्वरुप अहिले स्टल निर्माण देखि विभिन्न स्थानहरुमा गेट निर्माण र प्रचार—प्रसाचरको काम धमाधम भइरहेको अध्यक्ष खनालले जानकारी दिए ।स्थानिय उत्पादनको बजारीकरण, खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासकमा टेवा पर्युाउने उद्धेश्ले महोत्सवको आयोजना गरिएको हो ।महोत्सवमा करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहने अध्यक्ष खनालले बताए ।

जसअन्तर्गत १५—२० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५—३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहने अध्यक्ष खनालले जानकारी दिए ।
महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको सँस्कृती झल्किने साँस्कितिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे