राप्ती गाउँपालिकाद्वारा वडा नम्बर ६ र ७ का जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण



भालुवाङ ४ माघ । दाङकाे राप्ती गाउँपालिकाले वडा नंं.६ का ७८ देखि ८० वर्ष उमेर समूहका २६ जना जेष्ठ नागरिकहरुलाई बुधबार न्यानो कपडा ब्ल्याङकेट वितरण गरेकाे छ।

वडाध्यक्ष दिपककुमार चाैधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यमा साे न्यानो कपडा वितरण गरिएको हाे।

पालिका अध्यक्ष विष्टले जेष्ठ नागरिक समाजका इतिहास भएको भन्दै उनीहरुको सम्मानमा न्यानो कपडा वितरण गरिएको बताए । त्यस्तै वडाध्यक्ष चौधरीले जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नु पर्ने बताए ।

यसै बिच बुधबार नै वडा नम्बर ७ मा पनि साेही उम्मेर समूहका २७ जना जेष्ठ नागरिकहहरुलाई न्यानो कपडा ब्ल्याङकेट वितरण गरिएको छ।वडाध्यक्ष सिताराम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा साे न्यानो कपडा वितरण गरिएको हाे। साे अवसरमा सिसहनियाँ स्वास्थ्य चाैकीका इन्चार्ज धनबहादुर खड्का र ल्याब टेक्निसियन लब जैसीले सहभागी जेष्ठ नगरिकहहरुकाे उच्च रक्तचाप, मधुमेहकाे चेकजाँच गर्नुका साथै स्वास्थ्य परामर्श समेत दिएका थिए ।

यस अगाडि वडा नम्बर १, ३, ४, ५ र ८ मा समेत न्यानो कपडाहरु वितरण गरिसकिएको छ भने अबको केही दिन भित्रै वडा नम्बर २ र ९ मा पनि वितरण गरिने राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे