लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी सहित दुई मन्त्रीद्धारा शपथ ग्रहण



लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी सहित दुई मन्त्रीद्धारा शपथ ग्रहण

भालुवाङ २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिएका ५न् । प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा एक समारोहका बीच प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ ग्रहण गराएका हुन् ।

लगत्तै शेरचनले दुई जना विना विभागीय मन्त्रीलाई पनि शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए ।

यसअघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री नियुक्त हुने चर्चा भए पनि मन्त्रालय टुंगो नलागेपछि उनले विना विभागीय मन्त्री बन्न इन्कार गरेका छन् ।

रुपन्देही २ को प्रदेश सभा १ बाट निर्वाचित नेकपा एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद विस्तार गर्न थप केही समय लाग्ने बताएका छन् ।

यता मुख्यमन्त्री गिरीले सपथ ग्रहण गरे संगै आज नै पदभार ग्रहण समेत गरेका छन् । पदभार ग्रहण संगै मुख्यमन्त्री गिरीले रिक्त सचिव पदमा पदपुर्ति गर्ने निर्णय समेत गरे ।


साथै पदभार ग्रहण गर्दै मुख्यमन्त्री गिरीले सञ्चारकर्मीहरु संग कुरा गर्दै राजधानी व्यवस्थापनको काम तीब्र गतिमा अगाडी बढ्ने बताए । अहिलेको सरकारको प्रमुख काम सुन्दर राजधानी निर्माण रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे