प्रतिनिधि सभाका सभामुख पदको चुनाव यही माघ ५ गते हुने



प्रतिनिधि सभाका सभामुख पदको चुनाव यही माघ ५ गते हुने

काठमाण्डाै २६ पुस । प्रतिनिधि सभाका सभामुख पदको चुनाव यही माघ ५ गते हुने भएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले सभामुख पदको चुनावकाे मितिबारे संसद्लाई जानकारी गराएका हुन् ।

त्यस अवसरमा उहाँले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सभामुखकाे चुनावकाे कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए ।

सभाका ज्येष्ठ सदस्य राणाले भने, ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभा सभामुख पदको चुनावका लागि यही २०७९ साल माघ ५ गते बिहीवारको दिन तोकेँ ।

साथै त्यही नियमको उपनियम १ बमोजिम सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको चुनाव कार्यक्रमसम्बन्धी सूचना मिति २०७९ माघ ३ गते मङ्गलवारको दिन प्रकाशित गर्नसमेत निर्देशन दिन्छु ।’सत्तारूढ दलहरुबीच सभामुख नेकपा एमालेलाई दिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे