लुम्बिनी प्रदेश सरकारको अन्तिम बैठक सम्पन्न, सात वटा निणर्य



लुम्बिनी प्रदेश सरकारको अन्तिम बैठक सम्पन्न, सात वटा निणर्य

भालुवाङ २६ पुस । लुम्बिनी प्रदेश मन्त्री परिषद्कोको अन्तिम बैठक आज स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ । बैठकले राजधानी क्षेत्रको रोक्का जग्गा फुकुवा बाहेक सात वटा निणर्य गरेको सरकारका प्रबक्ता तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिएका छन् ।
बैठकले प्रदेश लोक सेवा आयोग लुम्बिनीमा दरबन्दी थप गर्ने, राजधानी क्षेत्रमा स्थापना भएका मन्त्रालयहरुको भवन तथा जग्गा उपभोग गर्ने, लुम्बिनी प्रदेशद्धार निर्माणका लागि बजेटको व्यवस्था गर्ने, प्रदेशसभा सचिवालयमा दरबन्दी स्वीकृत गर्ने, शित भण्डार निर्माणका लागि प्रदेश सरकारबाट गठित कार्यदलको प्रतिबेदन स्वीकृत गर्ने, आर्थिक बर्ष २०७८/०७९ को बाँकी भुक्तानी उपलब्ध गराउने र लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा अस्थायी दरबन्दी थप गर्ने निणर्य भएको सञ्चारमन्त्री शर्माले जानकारी दिए ।

यता आज म‌गलबारको अन्तिम मन्त्री परिषद् बैठकले लामो समय देखि राजधानी क्षेत्रको रोक्का जग्गा फुकुवा गर्ने निणर्य भने हुन नसकेको मन्त्री शर्माले जानकारी दिए । जग्गा फुकुवाका लागि सम्पूर्ण तयारी पुरा नभएकोले फुकुवा गर्न नसकिएको मन्त्री शर्माले बताए । साथै मन्त्री शर्माले जग्गा फुकुवा गर्ने जिम्मा अब बन्ने नयाँ सरकारलाई भएको बताए । उनले अब बन्ने नयाँ सरकारको पहिलो मन्त्री परिषद्को बैठकले जग्गा फुकुवा गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे