लमही नगरपालिकाको बिवाद सकियो, आन्दोलन फिर्ता, अवैधानिक भन्दै पाँच नियुक्ति बर्खास्त



लमही नगरपालिकाको बिवाद सकियो, आन्दोलन फिर्ता, अवैधानिक भन्दै पाँच नियुक्ति बर्खास्त

लमही २६ पुस । केही महिनादेखि अस्तब्यस्त बनेको लमही नगरपालिकाको बिबाद साम्य भएको छ । बिवादका कारण सुचारु हुन नसकेको लमही नगरपालिकाले सेवा दिन थालेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आन्दोलन चर्किएको थियो । वडाध्यक्ष हरु र कर्मचारी हरुले प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई स्विकार गर्न नसकिने भन्दै आन्दोलन गर्दै आएका थिए ।

प्रशासकीय अधिकृतमा डाँगी नै हुनेगरी सोमबार त्रिपक्षिय सम्झौता अनुसार वडाध्यक्ष र कर्मचारीहरुको आन्दोलन फिर्ता भएको छ । मन्त्रालयले तत्काललाई अर्को प्रशासकीय अधिकृत पठाउन नसकिने बताएपछी बहालमा रहेका डाँगीबाटै काम गराउन सहज वातावरण निर्माण गरिएको लमही नगरपालिकाका प्रबक्ता मोहन गिरीले बताए ।

उनले अधिकृत बेगर जनताका कामहरु रोकिएको र त्यसलाई निराकरण गर्न डाँगीलाई नै स्विकारीएको जनाए । ‘जनताका कामहरु रोकिए, धमाधम हुनुपर्ने योजनाका कामहरु सुचारु हुन सकेन प्रबक्ता गिरीले भने-नगरपालिका सहज तबरबाट चलाउन हाकिम त चाहियो नि ।’ कि मन्त्रालयको अनुसार अर्को हाकिम कुर्न सक्नुपर्यो त्यसो गर्दा नगरपालिका झन लथालिङ्ग हुनेभयो, बाध्यात्मक प्रस्थितीबाट पालिकालाई जोगाउन खोजिएको हो गिरीले भने ।

त्रिपक्षिय छलफल र सहमती भएपछी आफ्ना आन्दोलनहरु फिर्ता भएको लमही नगरका प्रशासनिक प्रमुख महेश थापा ठेडीले बताए । ‘हाकिम साबले आफुमा भएका ज्यादतीहरु अन्त्य गर्दै आत्मियताका साथ काम गर्ने र गराउने छु भनी सम्झौता गर्नुभयो प्रमुख थापाले भने-पालिकालाई समृद्ध बनाउन हाम्रोपनि भुमिका रहन्छ नि ।’

सहमती पश्चात् तत्काल बसेको कार्यपालिका बैठकले अधिकृत डाँगीलाई निरन्तरता दिन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।साथै अबैधानिक भन्दै ५ वटा नियुक्तीलाई बदर समेत गरेको छ । बैठकले राजनिती सल्लाहकार, शैक्षिक सल्लाहकार, प्रेस सँयोजक, प्रेस सल्लाहकार र स्वकीय सचिब पदलाई बरखास्त गरेको वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे