ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको अध्ययन तथा अवलोकन



ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको अध्ययन तथा अवलोकन

भालुवाङ २२ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको ऐरावतीमा आदर्श बहुमुखी क्यामसको अध्ययन तथा अवलोकन गरिएको छ ।

त्रिभुवन बिश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकी र प्रशासनिक कर्मचारी सुमित्रा थापाको टोलीले शुक्रबार क्याम्पसको भौतिक, आर्थिक, शैक्षिक तथा उपलब्धिका बारेमा अनुगमन, अबलोकनका साथै अन्तरक्रिया गरेको हो ।

क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालले क्याम्पसका सम्पुर्ण गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । प्रा.डा. बुढाथोकीले क्याम्पसको हरेक गतिविधिहरु क्रमिक सुधारात्मक तरिकाले अगाडि बढेको र एम. एड. कार्यक्रमलाई प्रभावकारी ढंगबाट विद्यार्थीको नियमित उपस्थिति हुने गरी संचालन गर्न सुझाव समेत दिएका छन् ।

उक्त कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख बिक्रान्त ज्ञवाली र एम. एड. कार्यक्रम संयोजक चन्द्रप्रकाश ओलीले उच्च शिक्षामा विद्यार्थीको नियमितता, शिक्षण विधि, शन्दर्भ सामाग्रीहरुको प्रयोग, विद्यार्थीहरुमा सृजनशिलता, शिक्षामा गुनस्तर वृद्धि तथा शिक्षालाई कसरी व्यबहारिक बनाउन सकिन्छ आदि जिज्ञासाहरु राखेका थिए ।

सो कार्यक्रममा अध्यक्ष जिसीले क्याम्पसको भौतिक निर्माण तथा पर्यावरण व्यवस्थापनमा पनि समितिको ध्यान रहेको बताए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसी र उपाध्यक्ष केशवराज खनालको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे