दाङमा लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ



दाङमा लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

दाङ २१ पुस । दाङमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुरका १९ वर्षिय बिक्रम भण्डारी, गढवा-६ का २८ वर्षिय मनोजकुमार यादव र २१ वर्षका विशाल परियारलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

प्रहरीले तीन जनामध्ये भण्डारीलाई घोराही-१८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो भने यादव र परियारलाई लमही-४ अर्नवाबाट पक्राउ गरेको हो । प्रहरीले भण्डारीको साथबाट प्लाष्टीकसहित १ दशमलव ०१ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागुऔषध ब्राउन सुगर बरामत गरेको छ ।  पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे