स्याङ्जाका मोहनप्रसाद पाण्डेद्वारा सांसद पदको सपथ ग्रहण



स्याङ्जाका मोहनप्रसाद पाण्डेद्वारा सांसद पदको सपथ ग्रहण

काठमाडौँ ८ मंसिर । स्याङ्जाका मोहनप्रसाद पाण्डेले साेमबार सांसद पदको पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । पाण्डेलाई सभामुख अग्निप्रसाद सापकोटाले सपथ गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा नेपाली काँग्रेसले पाण्डेलाई सांसद पदमा चयन गरेको हो । समानुपातिक निर्वाचन पद्धतिबाट पाण्डे प्रतिनिधि सभा सदस्य चयन भएका हुन् ।

केसीको गत कात्तिक १७ मा निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले गत शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे