रेडक्रसको सिद्धान्तलाई पुर्ण कार्यान्वयन गर्न आवश्यक छ : स्वास्थ्य मन्त्री थारू



रेडक्रसको सिद्धान्तलाई पुर्ण कार्यान्वयन गर्न आवश्यक छ : स्वास्थ्य मन्त्री थारू

भालुवाङ १६ पुस । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले रेडक्रसको ७ सिद्धान्तलाई पुर्ण कार्यन्यवयन गर्नुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको छैंठाै अधिवेशनको शनिबार राप्ती गाउँपालिका ३ मसुरीयामा उद्घाटन गर्दै मन्त्री थारूले सो कुरा बताएका हुन् ।

पछिल्लो समय विश्वव्यापी रूपमा मानवता तथा निश्पक्षता हराउँदै गएको प्रति चिन्ता प्रकट गर्दै मन्त्री थारूले सवै मानव बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि पनि रेडक्रसको भुमिका महत्त्वपूर्ण रहने बताएका छन् ।

प्रमुख अतिथि समेत रहेका मन्त्री थारूले मानवमा स्वार्थीपना हावी हुँदै गएको र मानव सेवा तथा अधिकारलाई ख्यालै नगर्ने अवस्थामा पुगेको तथा सवै अधिकार आफैले मात्र प्रयोग गर्न पाउनु पर्छ भन्ने भावनाको अन्त्य गर्न अब त्यसको नेतृत्व रेडक्रसले गर्न आवश्यक रहेको बताएका छन् ।

रेडक्रसका सभापति महेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस लुम्बिनी प्रदेश उप-कोषाध्यक्ष ज्ञानहरि रिजाल, राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, रेडक्रस लालमटियाका पुर्व सभापति गंगाराम भट्टराई, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, आजिवन सदस्य किरण भण्डारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव प्रमोद पाैडेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष उत्तम अधिकारीले प्रस्तुत गरेका थिए । सो अवसरमा कोभिडका बेला महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै स्वास्थ्य शाखा मार्फत रेडक्रस लालमटिया उपशाखाका कोषाध्यक्ष उत्तम अधिकारीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियोे । उप सभापति मेनुका शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव प्रमोद पाैडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे