काठमाण्डौ महानगरको नगर प्रहरी विवाद, सई चुडालको राजीनामा स्वीकृत



काठमाण्डौ महानगरको नगर प्रहरी विवाद, सई चुडालको राजीनामा स्वीकृत

काठमाण्डाै ६ पुस । काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीमा विवाद देखिएको छ । सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएपछि नगर प्रहरी बलको आन्तरिक विवाद सतहमा आएको हो ।

चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै हिजो पदबाट राजीनामा दिनुभएको थियो । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तल्लो तहका कर्मचारीलाई अपमान गरेको र अनावश्यक दबाब दिएको चुडालको आरोप छ ।

काठमाण्डौ महानगरले पछिल्लो समय फुटपाथ खाली गराउने, नक्सा विपरीतका संरचना हटाउने, महानगरभित्रका होडिङ्ग बोर्ड तथा साइन बोर्ड व्यवस्थापन गर्नेलगायतका काम गर्दै आएको छ ।यी काममा नगर प्रहरी बल खटिने गरेको छ ।

काम गर्दा गर्दै पनि आफ्नो २९ वर्षे सेवाअवधिमा पहिलो पटक नेतृत्वबाट अमानवीय व्यवहार भोगेकोले राजीनामा दिएकाे सई चुडालले गुनासो गर्नुभएको छ । चुडालको राजीनामा महानगर प्रशासनले हिजो नै स्वीकृत गरेको  महानगरका सह–प्रवक्ता महेशकुमार काफ्लेले जानकारी दिए ।

महानगर प्रहरीभित्र मान-अपमानको विषयमा विवाद देखिएको उहाँको भनाई छ । काठमाण्डौ नगर प्रहरीमा एक सय ६० भन्दा धेरै स्थायी नगर प्रहरी छन् । त्यस्तै सेक्युरिटी कम्पनीमार्फत एक सय जना अस्थायी नगर प्रहरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे