तुलसीपुरमा पत्रकार महासंघको स्थापना दिवस तथा साधारणसभाको उद्घाटन सत्र सुरू



तुलसीपुरमा पत्रकार महासंघको स्थापना दिवस तथा साधारणसभाको उद्घाटन सत्र सुरू

तुलसीपुर ४ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैं स्थापना दिवस तथा २१ ओैं साधारणसभा कार्यक्रम सोमबार तुलसीपुरमा सुरू भएको छ ।

महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरू भएको हो ।

महासंघका उपाध्यक्ष बसुन्धरा गाैतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओली, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगित बस्याल, मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति नवीन पोख्रेल, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष, हेमन्तप्रकाश वली लगायतले शुभकामना व्यक्त गरिसक्नु भएको छ । कार्यक्रम अहिले पनि जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे