गढवा गाउँपालिकाको आर्थिक सहयोगमा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया



गढवा गाउँपालिकाको आर्थिक सहयोगमा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया

गढवा २२  मङ्सिर । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको लमही दाङको प्राविधिक सहयोगमा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया भएको छ।

गढवा गाउँपालिकाले पालिका भरी रहेका आँखामा समस्या भएका बिरामीहरूले पहिचान गरी निशुल्क उपचार तथा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया गर्नका लागि उज्यालो अभियान साझेदारी कार्यक्रम सुरु गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

उज्यालो अभियान साझेदारी कार्यक्रम अन्तर्गत अहिले सम्म वडा गढवा गाउँपालिकाको वडा नम्बर ४,५,६,७ मा निशुल्क आँखा शिविर सञ्चालन गरिसकेको छ भने बाँकी वडामा निशुल्क शिविर सञ्चालनको लागि यस भन्दा पहिले नै तालिका सार्वजनिक गरिसकेको छ।

अहिले सम्म सञ्चालन भएको निशुल्क आँखा शिविरमा आँखा सम्बन्धी समस्या भएर शिविरमा आएका विरामी हरुको निशुल्क ओपिडी सेवा, निशुल्क चस्मा वितरण र मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया भैसकेको अध्यक्ष पोख्रेलले बताए ।

उनले आउने दिनहरूमा स्वास्थ्य संग सम्बन्धित अन्य रोगहरु सम्बन्धित पनि निशुल्क शिविर सञ्चालन गर्ने बारे योजनामा पालिका रहेको र त्यसको लागि पनि गृहकार्य भैरहेको अध्यक्ष पोख्रेलले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले आफुहरु निर्वाचित भएर आएपछी पहिलो बजेटमा नै आँखा कार्यक्रमको लागि १५ लाख रुपैयाँ छुट्याइएको बताउदै पालिका भित्र ८ सय ५० जना मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया हुने कार्यमा खर्च गरिने र यो कार्यक्रम निरन्तर चलाई राख्ने जानकारी दिइन् । साथै यो अभियान बाट लाभ लिन सम्पूर्ण पालिका बासीहरूलाई अनुरोध समेत गरिन् ।

बुधबार लमही आँखा अस्पताल लमहीमा गढवा गाउँपालिका वडा नम्वर – ४ मा सञ्चालन भएको निशुल्क आँखा शिविर बाट मोतिबिन्दु भएका ५३ जना बिरामीहरूको निशुल्क शल्यक्रिया पछी गढवा गाउँपालिका र नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको संयुक्त टिमले सल्यक्रिया गरिएका विरामीहरु लाई चस्मा तथा औषधी वितरण कार्यक्रममा सल्यक्रिया गरिएका विरामीहरु संग भेटघाट गरेको छ ।

भेटघाट कार्यक्रममा सल्यक्रिया गरिएका विरामीहरुओ स्वास्थ्य अवस्थाको बारेमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरी सहितको टिमले लमही आँखा अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको हो।

कार्यक्रम गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, ४ नम्वर वडाका वडाध्यक्ष हरिभगत चौधरी, नेपाल नेत्र ज्योति संघ दाङ शाखाको उपासभापति रेशमबहादुर खड्का, नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल तथा  बहादुरगंज आँखा अस्पतालका प्रमुख शमशेर थापा, लमही आँखा अस्पतालको नेत्र अधिकृत कृष्णबहादुर चौधरी लगायतकाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे