राजधानी कार्यान्वयन गर्ने मुख्यमन्त्री केसीलाई दाङमा भव्य सम्मान



भालुवाङ २१ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्रि कुलप्रसाद केसीलाई दाङमा स्वागत तथा सम्मान गरिएको छ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी कार्यान्वयन गरेकाे भन्दै केसीलाई जिल्ला समन्वय समिती दाङले स्वागत तथा सम्मान गरेकाे हाे । अस्थायी मुकाम बुटवलबाट राजधानी सारेकाे भन्दै बुटवलमा अालाेचनाकाे स्वर सुनिदा दाङमा मुख्यमन्त्री केसीलाई सम्मान गरिएको हाे । स्थायी राजधानीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती गाउँपालिका-३ मसुरियामा स्थापना गरिएको छ । बुटवलमा रहेकाे अस्थायी मुकाम राजधानीमा स्थानान्तरण गरिएको हाे । दुई बर्ष अघि प्रदेश सभाकाे दुई तिहाइ बैठकले २०७७ असाेज २० मा निर्णय पारित गरेकाे थियाे । राजधानी कार्यान्वयनलाई उत्साहकाे रुपमा लिन जिल्ला समन्वय समितिले मुख्यमन्त्री केसीकाे उपस्थितिमा स्थानीय तहका प्रमुख/उपप्रमुखकाे सहभागीतामा बैठक बसेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे