क्यान्सर पिडित कुमालको उपचारमा सहयोग गरिदिन अपिल, आशाका किरण संस्थाद्धारा सहयोग



क्यान्सर पिडित कुमालको उपचारमा सहयोग गरिदिन अपिल, आशाका किरण संस्थाद्धारा सहयोग

भालुवाङ १४ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी सुकुम्बासी बस्ती निवासी क्यान्सर पिडित सुनिल कुमालको परिवारलाई एक संस्थाले खाद्यन्न सहयोग गरेको छ ।राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले बुधवार कुमालको घरमै पुगेर २५ केजी चामल, दाल, नुन र तेल सहयोग गरेको हो । संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वमा संस्थाका सदस्य श्रीधर जिसी, प्रेस संयोजक ओमप्रकाश गुप्ता र देउखुरी पोष्ट अनलाइन टिभीका सञ्चालक भिसुन शाहीको टिमले कुमालको निवासमा पुगेर खाद्यन्न सहयोग गरेको हो । शिक्षा, स्वास्थ्य तथा समाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले दुखी पिडितहरुलाई समेत बेला बेलामा सहयोग गर्दै आएको छ ।डेढ वर्ष अगाडी कुमालको गिजामा सानो घाउ भयो त्यही घाउ कहिले क्यान्सर बनेको छ । सुर्ती सेवन गर्दै आएका कुमाल भन्छन्, मलाई यहि सुर्तीले क्यान्सर बनायो । हाल चितवन क्यान्सर अस्पतालमा अप्रेसन र औषधी उपचारमा ९ लाख बढी खर्च भइसकेको उनले बताएका छन् । उपचार गराउँदा गराउँदै भएको जग्गा जमिन बेचेर सकियो । ४ जनाको परिवारलाई पाल्ने भनेको म थिए अहिले रोगले सताए पछि मेरो परिवार समस्या छ उनले भने । अहिले कुमाल आफ्नी आमाको घरमा परिवार सहित बस्दै आएका छन् । भएको सम्पत्ती सकिएपछि अहिले कुमालको परिवार बिचल्लीमा पर्नुको साथै औषधी उपचार गराउने पैसा नभएर रोग पालेर बस्न बाध्य भएका छन् ।हाल कुमालले राप्ती गाउँपालिकाबाट १ लाख सहयोग प्राप्त भए पनि अन्य ठाउँबाट सहयोग पाएका छैनन् । समयमै उपचार गर्ने पैसा भए आफु बाच्ने आश उनले राखेका छन् । त्यसले कुमालको जिवनरक्षाका लागि सहयोग गर्न चाहाने मानुभावले सुनिल कुमालको मोबाइल नम्बर ९८१०९३३३१२ मा फोन गरेर वा उनको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.को खाता नम्बर ०६४००७००५६२४९३०००००१ म सहयोग गर्न सक्नु हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे