ललितपुर क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै



ललितपुर क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै

काठमाण्डाै ५ मंसिर । ललितपुर क्षेत्र नम्बर २ मा ४ हजार ७ सय ८८ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याएका छन् । ताजा मत परिणाम अनुसार हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले एक हजार ९७ मत ल्याएर महर्जनलाई पछ्याइरहेका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ८ सय ७७ मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७ सय ९० मत ल्याएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले ६ सय ७६ मत ल्याएको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिए । यस क्षेत्रमा १२ जना स्वतन्त्रसहित ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे