दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सूचना संकलन गर्न पुगेका पत्रकारहरुलाई अवरोध



दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सूचना संकलन गर्न पुगेका पत्रकारहरुलाई अवरोध
दाङ ४ मसिंर । दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानको सूचना संकलनका लागि मतदान स्थल पुगेका पत्रकारहरुलाई अवरोध गरेकोप्रति पत्रकार महासंघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
दाङको बिभिन्न मतदान स्थलमा पत्रकारहरुलाई प्रवेश गर्न, फोटो खिच्न र समाचार संकलन गर्न अबरोध सिर्जना गरेकोमा नेपाल पत्रकार महासंघ दाङ शाखाले विज्ञप्ति निकालेर गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी र सिचव आरके शितल द्वारा जारी विज्ञप्ती मा भनिएको छ,” लोकतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको निर्वाचनका गतिबिधिहरुलाई जनतामाझ पुर्याउने पत्रकारहरुको कर्तव्यलाई नियन्त्रण गर्ने कार्य निन्दनीय छ ।
पटकपटक मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई अनुरोध गर्दा पनि पत्रकारहरुलाई समाचार संकलनमा सहज पहुँच नभएकोमा महासंघ दुःख प्रकट गर्दछ । यसलाई हामीले जनताको सुसूचित हुन पाउने अधिकार र प्रेस स्वतन्त्राबिरुद्धको कार्यका रुपमा लिएका छौं । मतदान र मतगणना कार्यको समाचार संकलनमा पत्रकारहरुलाई सहज पहुँच उपलब्ध गराउन महासंघ निर्वाचन आयोग लगाएत सम्बन्धित सबै निकायमा हार्दिक अपिल गर्दछ ।
पत्रकारहरुलाई सूचना संकलनमा कतै पनि अबरोध सिर्जना नगरी प्रेस स्वतन्त्रता र सूचनाको हकको सम्मान गर्न हामी सबैलाई हार्दिक आग्रह गर्दछौं ।” प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानका क्रममा आज दाङका बिभिन्न मतदान स्थलमा पत्रकारहरुलाई प्रवेश गर्न, फोटो खिच्न र समाचार संकलन गर्न अबरोध गरिएको थियो । मतदान अधिकृतहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन आयोगले मतदान स्थलमा प्रवेश गरी सूचना संकलन गर्न पत्रकारहरुको लागि छुट्टै व्यवस्था नगरेको र आफुहरुलाई कुनैपनी आधिकारीक पत्र नआएको भन्दै सूचना संकलनमा अबरोध गरेको हो । बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को गढी समुदायिक वनको भवनमा रहेको मतदान केन्द्रमा समाचार संकलनाका लागि पुगेका पत्रकारहरुलाई मदान स्थलमा प्रवेश गर्न पूर्ण बन्देज गरिएको थियो ।
विहान ७:३० बजे त्यहाँ पुगेका पत्रकारहरुलाई मतदान अधिकृतले ९ बजे सम्म गेटमा कुराएर सहज रुपमा सुचना संकलन गर्ने वातावरण नगराई गेटबाटै फर्काईदिएका थिए । मतान अधिकृत श्रीधर सुवेदीले पत्रकारहरुले पटक पटक विनम्रतापूर्वक सूचना संकलनाका लागि सहज वातावरण गराईदिन अनुरोध गर्दा पनि आफुलाई कुनै परिपत्र नभएको भन्दै मतदान स्थलमा पत्रकारलाई प्रवेश निषेध गर्नुभयो । तर मतदान स्थलमा अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराई मतदान प्रभावित पार्नेखालका गतिविधि हुँदा मतदान अधिकृत सुवेदी मौन रहनु भएको । मतदान स्थलमा दलिय प्रतिनिधिहरुको धैर्यताका कारण सो मतदान केन्द्रमा विवाद उत्तपन्न हुनबाट जोगिएको थियो ।
वडा नम्वर ४ को गढि सामुदायिक वनको भवन मतदान केन्द्रमा पत्रकारहरुलाई सूचना संकलन गर्न नदिने नाटक हुँदै गर्दा बंगलाचुली ३ को महेन्द्र मावी श्रीवारीमा रहेको मतदान केन्द्रमा भने पत्रकारहरुलाई सहजरुपमा सूचना संकलनका लागि सहयो गरिएको थियो । सो मतदान केन्द्रमा खट्नुभएका ख केन्द्रका मतदान अधिकृत एवं बंगलाचुली गाउँपालिका लेखा अधिकृत नारायण प्रसाद आचार्यले पत्रकारहरुलाई सहज रुपमा मतदान स्थल भित्र गई सूचना संकलन गर्ने व्यवस्था मिलाउनुभएको थियो । सो मतदान केन्द्रमा विवाद रहितरुपमा मतदान सम्पन्न भयो । त्यसैगरी बंगलाचुली गाउँपालिकाको वडा नम्वर १,२,५,६, मतदान केन्द्रहरुमा पत्रकारहरुलाई पूर्णरुपमा वन्देज लगाई सूचना संकलन गर्द दिईएको थिएन ।
Write to Santosh Kumar Gupta
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे