लुम्बिनीका मुख्यमन्त्रीको उपस्थीतिमा माओवादी प्रबेश गरेका माधव पुनः एमालेमा फर्किए



लुम्बिनीका मुख्यमन्त्रीको उपस्थीतिमा माओवादी प्रबेश गरेका माधव पुनः एमालेमा फर्किए

भालुवाङ २९ कार्तिक । केही दिन पहिले एमाले परित्याग गरी माओवादीमा प्रबेश गरेका माधव चौधरी आज पुनः एमालेमा फर्किएका छन् । नेकपा एमाले राप्ती गाउँपालिका कमिटी सदस्य समेत रहेका राप्ती गाउँपालिका—७, अर्नाहनपुर निवासी माधव चौधरी एमालेमा फर्किएका हुन् ।

चौधरीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आफू एमालेमै रहेको जानकारी दिएका छन् । म केही दिन अलमलमा परेर माओवादीमा प्रबेश गरेको भएपनि म आफ्नो पुरा घर र प्यारो पार्टी नेकपा एमाले मै रहेको सबैमा जानकारी गराउन चाहन्छु चौधरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । साथै उनले भ्रममा नपर्न समेत सबैमा आग्रह गरेका छन् ।

माधव चौधरी केही दिन पहिलेलुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीको बिशेष उपस्थितीमा एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे