प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै



प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै १९ कार्तिक । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ ।

प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश–१ रहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै, उपविजेताले ५ लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे