राप्तीका अध्यक्ष विष्ट र टिचिङ्ग अस्पतालका वरिष्ठ मुटुराेग विशेषज्ञ प्रा.डा.काेइराला बीच भेटवार्ता



राप्तीका अध्यक्ष विष्ट  र टिचिङ्ग अस्पतालका वरिष्ठ मुटुराेग विशेषज्ञ प्रा.डा.काेइराला बीच भेटवार्ता

सिसहनियाँ १८ कार्तिक । दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र टिचिङ्ग अस्पताल काठमाडौंका वरिष्ठ मुटुराेग विशेषज्ञ प्रा.डा.भगवान काेइराला बिच शुक्रवार काठमाडौंमा भेटवार्ता भएको छ।

उक्त भेटमा राप्ती गाउँपालिकामा बच्चाहरुकाे मुटुराेग सम्बन्धि सेवा विस्तार र समग्र जिल्लाको स्वास्थ्य सेवा वितरण प्रणाली लाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने लगायतका महत्त्वपूर्ण विषयहरुमा छलफल भएको थियाे। छलफलकाे क्रममा गाउँपालिका अध्यक्ष विष्टले यस क्षेत्रमा मुटुराेग तथा अन्य राेगहरु सम्बन्धि सुविधा सम्पन्न ठुला अस्पतालहरु नभएकाले विरामीहरुलाई बाहिरी जिल्लाका अस्पतालहरुमा रिफर हुनु पर्ने बाध्यता रहेको बताउँदै राप्ती गाउँपालिकामा त्यस प्रकारका अस्पतालहरुकाे विकास गर्न काेइराला समक्ष अनुराेध समेत गरेका छन् ।

त्यस्तै प्रा.डा.काेइरालाले विशेषगरी बच्चाहरुमा हुने जन्मजात मुटुराेग सम्बन्धी सेवालाई राजधानी बन्दै गरेकाे राप्ती गाउँपालिकामा सेवा विस्तार गर्न आफु सकारात्मक रहेको बताएका थिए । उक्त भेटमा NHRC का रिसर्च अफिसर डा. घनश्याम पाण्डे,स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य विज्ञ (युवा बैज्ञानिक ) कमल रानाभाट,मनमोहन कार्डियोथोरासिक सेन्टरका रिसर्च कोर्डिनेटर कलनाथ थपलिया लगायतकाे सहभागीता रहेको थियो। भेटपछि गाउँपालिका अध्यक्ष विष्टले प्रा.डा. भगवान कोइराला र उहाँको टिमलाई लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यका अवलोकनका लागि हार्दिक निमन्त्रणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे