राप्ती प्रेस मञ्च र स्रोता क्लवकाे सहकार्यमा बाढी पिडित सहयोगार्थ देउसीभैलो कार्यक्रम सुरू



राप्ती प्रेस मञ्च र स्रोता क्लवकाे सहकार्यमा बाढी पिडित सहयोगार्थ देउसीभैलो कार्यक्रम सुरू

भालुवाङ ८ कार्तिक । दाङको देउखुरीमा बाढी पिडित सहयोगार्थ राप्ती प्रेस मञ्च र समावेशी रेडियो राप्ती स्रोता क्लवले देउसी भैलो कार्यक्रम सुरू गरेको छ ।

केहि दिन अघि आएको बाढी पहिरोले राप्ती गाउँपालिकाको विभिन्न वडा तथा टोलमा ठुलो धनजनको क्षति भएको र बाढी पिडितहरूलाई अहिले सम्म उचित राहत पुग्न नसकेको भन्दै ती दुवै संस्थाको सहकार्यमा देउसी भैलो मुल आयोजक समितिको आयोजनामा सोमबार देखि देउसी भैलो कार्यक्रम सुरू गरिएको छ ।

पहिलो दिन कार्तिक ८ गते सोमबार राप्ती गाउँपालिका वडा नम्बर ८ को बिजाैरी र पिपरीमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको देउसी भैलो मुल आयोजक समितिका संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । पहिलो दिन १० घरमा खेलेको देउसी भैलोबाट ११ हजार ३ सय ८० रूपैयाँ कार्तिकेदान संकलन भएको आर्थिक समितिका संयोजक सन्तोषकुमार गुप्ताले जानकारी दिएका छन् ।

राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको निवास बिजाैरीबाट सुरू गरिएको देउसी भैलो कार्यक्रम कार्तिक ८ गते सुर्यग्रहण भएकोले स्थगित गरि कार्तिक ९ गते पुरानो भालुवाङ, पुल्चोक र पाखापानी क्षेत्र, १० गते लालमटिया र बराखुटी क्षेत्रमा र ११ गते मसुरीया, माैरीघाट लगायत छुटेका क्षेत्रमा नियमित रूपमा देउसीभैलो कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

पहिलो समय लोपोन्मुख संस्कृति संरक्षणका लागि सोरठी, थारू नाचगान र अन्य माैलिक गित संगित मार्फत देउसी भैलो सञ्चालन भएको सांस्कृतिक समितिका संयोजक श्रीधर कंडेलले जानकारी दिएका छन् । देउसी भैलो कार्यक्रममा ३२ जनाको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे