आज देखि तिहारको बिदा सुरु



आज देखि तिहारको बिदा सुरु

काठमाण्डौ ७ कार्तिक । आजदेखि तिहारको बिदा सुरु भएको छ । आजदेखि भाइटीकाको दिन अर्थात् आउँदो बिहीवारसम्म तिहारको बिदा छ । तर, धेरैजसो सरकारी कार्यालय भने आउँदो १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ ।

भाइटीकाको भोलिपल्ट शुक्रवार परेको र त्यसको पर्सीपल्ट छठ पर्व परेकाले धेरैजसो कर्मचारीहरु फर्किने सम्भावना कम छ । १३ गते आइतवार परेको छठ पर्वमा पनि सार्वजनिक बिदा दिइएको छ । त्यसैले धेरैजसो सरकारी कार्यालय १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । काठमाण्डौ उपत्यकाका विद्यालय पनि १४ गतेदेखि नै खुल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे