गृह मन्त्रालयले सातै प्रदेशमा चुनावकेन्द्रित सुरक्षा बैठक गर्दै



गृह मन्त्रालयले सातै प्रदेशमा चुनावकेन्द्रित सुरक्षा बैठक गर्दै

 कात्तिक ६ तुलसीपुर/ गृह मन्त्रालयले सातै प्रदेशमा चुनावकेन्द्रित प्रदेशस्तरीय सुरक्षा बैठक सुरु गर्दैछ । मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्न लागेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

आइतबार बाग्मती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात हुँदै छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा सुरु हुने बैठकको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता पोखरेलले जानकारी दिए । बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहने छ ।

प्रवक्ता पोखरेलले प्रदेशस्तरीय सुरक्षा संयन्त्रको बैठक बसेर निर्वाचनमा सातै प्रदेशको सुरक्षा अवस्था मजबुत पार्ने बताए । प्रदेशस्तरीय सुरक्षा बैठकमा आएका सुरक्षासम्बन्धी सुझावका आधारमा गृह मन्त्रालयले निर्वाचनमा आवश्यक पर्ने थप रणनीति तय गर्ने जनाइएको छ । प्रवक्ता पोखरेलका अनुसार आज बाग्मती प्रदेशमा प्रदेशस्तरीय बैठक सम्पन्न भए पनि बाँकी प्रदेशमा तिहारपछि मात्रै छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे