वाणगंगामा बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु



वाणगंगामा बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

 जितपुर/ कपिलवस्तु । कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिकामा बस र मोटरसाईकल एक आपसमा ठोकिदाँ मोटरसाईकल चालकको मुत्यु भएको हो ।

बाणगंगा नगरपालिका ८ भोटेपथमा भएको उक्त दुर्घटनामा मोटरसाईकल चालक ३२ बर्षीय सुमन थारुको मुत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाका उनको उपचारका क्रममा भैरहवास्थित सिटि अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु केसीले जानकारी दिनुभयो ।

दाङ तल्सीपुरदेखि पोखरा जादै गरेको ना ७ ख ७३५१ नम्बरको बस र विपरित दिशाबाट गईरहेको लु २० प ५४९४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदाँ दुर्घटना भएको उहाले बताउनुभयो । उहाका अनुसार मोटरसाईकल पछाडि बसेका घाईते ३८ बर्षीय भवनाथ कुवँरको भैरहवामा उपचार भईरहेको छ ।

बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे