एमालेसँगको तालमेलले राप्रपामा विवाद, २ दर्जन नेता राजेन्द्र लिङ्देनको विपक्षमा



एमालेसँगको तालमेलले राप्रपामा विवाद, २ दर्जन नेता राजेन्द्र लिङ्देनको विपक्षमा

काठमाडाैँ ३ कार्तिक । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेकपा एमालेसँग भएको तालमेलका कारण राप्रपामा विवाद देखिएको छ । बुधबार २ दर्जन नेताले निर्वाचनमा पार्टीले अख्तियार गरेको नीति र निर्णयबाट गम्भिर क्षति पुग्ने ठहरसहित अध्यक्ष राजेन्द्र लिङदेनलाई सचेतना पत्र बुझाएपछि उक्त विवाद बाहिर आएको हो ।

उनीहरुले अध्यक्ष लिङदेनलाई उक्त निर्णय तत्काल सच्याउन समेत आग्रह गरेका छन् । सचेतना पत्रमा भनिएको छ : ‘यही मंसिर ४, २०७९ मा हुन गैरहेको संघीय तथा प्रदेश निर्वाचनमा हाम्रो पार्टीले अख्तियार गरेको नीति र निर्णयबाट पार्टीलाई दुरगामी एवम् गम्भीर क्षति पुग्ने ठहर गरेका छौं । अतः उक्त निर्णयलाई तत्काल सच्याउनका लागि ध्यानाकर्षण गर्दछौं, पत्रमा भनिएकाे छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे