दाङको तुलसीपुरमा एक प्रेम जोडीको हत्या गरी एउटै खाडलमा गाडिएको अवस्थाका शव फेला



दाङको तुलसीपुरमा एक प्रेम जोडीको हत्या गरी एउटै खाडलमा गाडिएको अवस्थाका शव फेला

दाङ ३० असाेज । दाङमा प्रेम जोडीको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का शरद आचार्य र रोशनी महताराको शव आज त्यहिँकै जनकल्याण सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा फेल परेको ईप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।

डीएसपी मल्लका अनुसार शरदको शव माथि रोशनीको शव फेला परेको छ । उनीहरूलाई गाडिएको खाल्डो करिब डेढ मिटर मात्रै गहिरो छ । शव दुर्गन्धित भइसकेको प्रहरीले जानकारी दिएको छ । शरद र रोशनी कार्तिक २७ गते राति आआफ्नै घरबाट बेपत्ता भएको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।

आफन्तकहाँ कते फेला नपरेपछी शुक्रवार प्रहरी जानकारी गराइएको थियो । गाउँलेले जंगलमा खोज्ने क्रममा रोशनीको कपडा भेटाएपछी प्रहरीलाई खबर गरेका थिए खनेको माटो देखिएको ठाउँमा खनेर प्रहरीले शव निकालेको हो ।

उनीहरूको हत्या पश्चात खाल्डो खनेर गाडेको प्रहरीले बताएको छ । सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले घोराहीबाट एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

मृतक शरद र रोशनी स्थानीय अम्वापुर माविको ९ कक्षामा अध्यनरत थिए । उनीहरू बीच प्रेम सम्बन्धमा रहेको स्थानीयहरू बताउँछन् । दाङ प्रहरी प्रमुख एसपी बिरबहादुर वलीले घटनाका बारेमा गम्भीर भएर अनुसन्धान थालिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे