दाङमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु



दाङमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

दाङ २८ असोज । दाङमा मोटरसाइकलको ठक्करबाट एक ४ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–७ खैरेनी निवासी केशव डाँगीको ४ वर्षीय छोरा स्मार्ट डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो।

हापुरेबाट तुलसीपुरतर्फ आइरहेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकलको ठक्करबाट शुक्रबार बेलुका करिब पौने ५ बजेतिर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका–२ निवासी अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे