उजुरी विरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई दिउँसो २ बजेसम्मको समय



उजुरी विरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई दिउँसो २ बजेसम्मको समय

काठमाण्डाै २५ असाेज । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई प्रस्ट पार्न दिउँसो २ बजेसम्मको समय दिइएको हो।

देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस वीपी समूहका उम्मेदवार कर्ण मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ । डडेलधुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध हिजो निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा उजुरी परेको थियो । निर्वाचन आयोगले अस्ति उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध हिजो १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे