आज लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशमा भारी वर्षाकाे सम्भावना



आज लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशमा भारी वर्षाकाे सम्भावना

दाङ २३ असार । आज लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल विहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे