देउखुरीकाे मसुरीयामा मोटरसाइकल दुर्घटना हुँदा २ ससत्र प्रहरीको मृत्यु



देउखुरीकाे मसुरीयामा मोटरसाइकल दुर्घटना हुँदा २ ससत्र प्रहरीको मृत्यु
भालुवाङ २२ असोज । दाङको देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर भएको लु ४० प ४९२२ नम्बरको मोटरसाईकलमा सवार सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका कार्यरत दुवै जना सशस्त्र प्रहरीको मृत्युु भएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ६ का सुलेश चौधरी र लमही नगरपालिका १ का लहानु चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसीले जानकारी दिएका छन्र ।
चौधरीद्वय सशस्त्र प्रहरी रहेको र उनीहरु ज्वालामाई गणमा कार्यरत थिए । उनीहरु लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएर डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका गण प्रमुख एसपी केसीले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे