दाङमा संघ र प्रदेशसभा सदस्यतर्फ एमालेको उम्मेदवार टुंगियो, शंकर, कोमल र शान्ता चौधरी उम्मेदवार



दाङमा संघ र प्रदेशसभा सदस्यतर्फ एमालेको उम्मेदवार टुंगियो, शंकर, कोमल र शान्ता चौधरी उम्मेदवार

दाङ २१ असोज । दाङका ३ निर्वाचन क्षेत्रमा नेकपा एमालेले संघीय निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। तीन निर्वाचन क्षेत्र मध्य २ नम्बर क्षेत्रबाट पार्टी महासचिव शंकर पोखरेल, ३ नम्बर बाट कोमल ओलि र १ नम्बरबाट शान्ता चौधरीलाई संघीय निर्वाचनका लागि टिकट दिएको छ । क्षेत्र नं २ मा पार्टी महासचिव पोखरेलको एकल नाम सिफारिस भएको थियो।

नेकपा एमालेले तीन निर्वाचन क्षेत्र रहेको दाङमा प्रदेश सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । १ नम्बर क्षेत्रमा प्रदेशसभा तर्फ (क) मा गंगाराम भट्टराई र (ख) मा कुलप्रसाद केसीले टिकट पाएका छन् ।२ मा प्रदेश तर्फ (क) बलिभद्र राना र (ख) मा गिरिराज केसीले टिकट पाएका छन् । त्यसैगरी ३ मा प्रदेश तर्फ (क) मा घनश्याम पाण्डे र (ख) हुकुमबहादुर बस्नेत उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे