राष्ट्रपति भण्डारीद्वारा गुरुहरूकाे हातबाट दशैँकाे टीका ग्रहण



राष्ट्रपति भण्डारीद्वारा गुरुहरूकाे हातबाट दशैँकाे टीका ग्रहण

काठमाण्डाै १९ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैँको टीका ग्रहण गरेकी छिन् ।   बडादशैँ २०७९ को अवसरमा उनले शीतल निवासमा गुरूहरूबाट टीकाको साइतअनुसार बिहान ११ बजाेर ५१ मिनेटमा टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेरहेकी छिन् ।    राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।   विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे