कांग्रेसद्धारा निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको अन्तिम बन्दसूची सार्वजनिक



कांग्रेसद्धारा निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको अन्तिम बन्दसूची सार्वजनिक

काठमाडौं १९ असोज। नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन् ।

यसैगरी पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखिएको छ । दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना छन् ।

असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे