तुलसीपुरमा फलामको ‘नक’ प्रहारबाट एक जना घाइते



तुलसीपुरमा फलामको ‘नक’ प्रहारबाट एक जना घाइते

असोज १३ तुलसीपुर/ तुलसीपुरमा फलामको ‘नक’ प्रहारबाट एक जना घाइते भएका छन् । बिहीबार दिउँसो १२ बजेतिर फलामको ‘नक’ प्रहारबाट एक जना घाईते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ दमारगाँउ निवासी १७ वर्षीय सोहिल पुन रहेका छन् । डिएसपी मल्लका अनुसार पुरानो रिसीबीका कारण पुनमाथि ४/५ जनाको समुहमा आएका युवाहरुले फलामको ‘नक’ प्रहार गरेको बुझिएको छ ।

घाईते पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका युवाहरु फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे