देवीकाेटबाट ९४ थान अवैध चिरान काठ बरामद



देवीकाेटबाट ९४ थान अवैध चिरान काठ बरामद

भालुवाङ १२ असाेज । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकाेटबाट देउखुरी डिभिजन वन कार्यालय लमहीले अवैध सालको चिरान काठ बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा प्रहरी र वन अधिकारीको संयुक्त गस्ती टोलीले ९४ थान चिरान घप्पु बरामद गरेको देउखुरी डिभिजन वन कार्यालय, लमहीका सूचना अधिकारी छोटेलाल चौधरीले जानकारी दिएका छन् ।

वडाध्यक्ष रिमबहादुर सुनारी मगरको बारीबाट ७७ थान चिरान घप्पु र दुर्योधन घर्तीको घर नजिकै चट्टा राखेको अवस्थामा २७ थान घप्पु बरामद गरिएको डिभिजन वन कार्यालय, लमहीले जानकारी दिएको छ।  सबै काठ बरामद गरेर सब डिभिजन वन कार्यालय गढवामा राखेको छ। बरामद काठको बारेमा थप अनुसन्धान भैरहेको प्रमुख क्षेत्रीले जानकारी दिए। त्यस्तै, गढवा गाउँपालिकाको गोबरडिहाबाट केही थान घप्पु सहित एक जनालाई पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे