लुम्बिनी प्रदेशलाई खेलबाट चिनाउन जरुरी छ : मुख्यमन्त्री केसी



लुम्बिनी प्रदेशलाई खेलबाट चिनाउन जरुरी छ : मुख्यमन्त्री केसी

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेशमा रहेका खेलाडीमा धैर्यतासँगै मिहिनेत गरेर विजय हासिल गर्ने साहस हुनुपर्ने बताएका छन् । उनले अग्रजलाई जितेर विजय हासिल गरेको जितगढी किल्लाको उदाहरण दिंदै खेलकुदमा रुची भएका खेलाडीको मिहिनेत पनि सेनाको जस्तो अनुशासित र जीत हासिल गर्ने लक्ष्यसहितको हुनुपर्ने बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनीमा सुरु भएको छनौट प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रदेश सरकार खेलाडीको मनोबल बढाउन तयार रहेको बताए । बजेटको चिन्ता नलिनुस्, खेलमा अब्बल साबित प्रदेश बनाउन सम्बन्धित निकाय लागिपर्नुस्, उनले भने, ‘सरकारको चाहना खेलको माध्यमबाट पनि यो प्रदेशको नाम उचो होस् भन्ने छ ।’ साथै उनले २ वर्ष अघिसम्म नरहेको खेलकुद मन्त्रालय तथा व्यवस्थित खेलकुद परिषद्ले खेलाडी उत्पादन र प्रोत्साहनमा जोड दिनुपर्ने जनाए ।

त्यस्तै कार्यक्रममा वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले खेलकुदले मानिसलाई व्यक्तिगत रुपमा पनि नभइ नहुने क्षेत्र भएकोले खेल क्षेत्रको विकासका लागि लाग्नुपर्ने बताए । उनले आफू पनि खेलसँग नजिक रहेको बताउँदै खेल स्वास्थ्य र पहिचानको आधार भएको बताए ।

आइतबारदेखि सुरु भएको खेलअन्तर्गत पुरुषरमहिला फुटबल एन्फा एकेडेमीमा सुरु भएको छ । आइतबार भएको खेलमा बाँकेले प्युठानलाई ६–०, रोल्पाले गुल्मीलाई १–०, नवलपरासीले पाल्पालाई ट्राईबेकरमा ४–३ तथा बर्दियाले कपिलवस्तुलाई ४–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ६ टीमले भाग लिएका छन् ।

त्यस्तै, सिद्धेश्वर खेलमैदान भएको महिला भलिबलमा गुल्मीले रोल्पालाई ३–१, कपिलवस्तुले अर्घाखाँचीलाई २–०, नवलपरासीले प्युठानलाई २–० र रुकुम पुर्वले पाल्पालाई २–० को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । बुद्धिचाल बुटवलमा २ र ३ गते, तेक्वान्दो, ब्याडमिन्टन खेलहरु भैरहवामा पुरुषरमहिला कबड्डी, लनटेनिस, शारीरिक सुगठन, आर्चरी खेल रुपन्देहीमा भदौ २ देखि ३ गते हुनेछ । आरटीएफ तेक्वान्दो खेल रुपन्देहीमा भदौ ४ र ५ र रग्बी खेल बाँकेमा भदौ ११ गते गरिनेछ ।

पुरुष भलिबल नवलपरासी तथा सितोरिया कराँते कपिलबस्तुमा ४ र ५ गते हुनेछ । एथ्लेटिक्स खेल बेलझुण्डी दाङमा, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, हेण्डबल तुल्सीपुर दाङमा भदौ ६ र ७ गते हुनेछ । त्यसै गरी बास्केटबल, बक्सिङ, भारोत्तलन, कुस्ती, उसु, जुडो, सुटिंग, पौडी, जिम्न्यास्टिक, पुरुषरमहिला हक्की, साइक्लिङ खेल नेपालगंज बाँकेमा भदौ ८, ९ र १० गते हुनेछ । त्यसै गरी सेप्राक्ता ताराताल बर्दियामा १० गते, पुरुषरमहिला खोखो भुरिगाउ बर्दियामा १० र ११ गते हुने भएको छ । प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडी, २ सय अफिसियल र ३ सय भोलिन्टियर सहभागी भएका छन्

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे