संविधान दिवसको अवसरमा एमालेकाे काठमाण्डाैमा पदयात्रा



संविधान दिवसको अवसरमा एमालेकाे काठमाण्डाैमा पदयात्रा

काठमाण्डाै १ असाेज । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाण्डौमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गरेको छ । बिहान ७ बजेदेखि बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा वसन्तपुरमा गएर टुङ्गिएको हो।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफैँले पदयात्राको नेतृत्व गरेका थिए ।  ‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुगेका हुन् ।

संविधान दिवस पर्सि असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको हो ।  पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे