प्रतिनिधिसभाकाे बैठक सर्‍याे, दिउँसाे १ बजे बस्ने



प्रतिनिधिसभाकाे बैठक सर्‍याे, दिउँसाे १ बजे बस्ने

काठमाडाैँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सरेकाे छ।

आज बिहान ११ बजे बस्ने भनिएकाे बैठक विशेषकारणवस दिउँसाे १ बजे बस्ने भएकाे प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

‘भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले उक्त बैठक आजै दिनकाे १ बजे बस्नेगरी निर्धारण गर्नुभएकाे व्यहाेरा माननीय सदस्यहरूकाे जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएकाे छ’, सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे