चिनियाँ प्रतिनिधिमण्डलले आज राष्ट्रपतिलाई भेट्दै, बिहान भक्तपुर दरबार घुम्ने



चिनियाँ प्रतिनिधिमण्डलले आज राष्ट्रपतिलाई भेट्दै, बिहान भक्तपुर दरबार घुम्ने

काठमाडाैँ २९ भदाै । नेपालको औपचारिक भ्रमणमा आएका चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैछन्।  मंगलबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहेको चिनीयाँ प्रतिनिधि मण्डलले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न लागेको हो।

आजै बिहान चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।  अध्यक्ष लीको नेतृत्वको भ्रमण दलमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अध्यक्ष ली भोलि बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे