बाल दिवसको अवसर देउखुरीकाे राप्तीमा जंगफूडले स्वास्थ्यमा पुर्‍याउने असर विषयक नाटक प्रतियाेगिता



बाल दिवसको अवसर देउखुरीकाे राप्तीमा जंगफूडले स्वास्थ्यमा पुर्‍याउने असर विषयक नाटक प्रतियाेगिता

 भालुवाङ २८ भदाै । दाङ-देउखुरीको राप्ती गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार नाटक प्रदर्शन गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ जंगफूडले स्वास्थ्यमा पुर्याउने असर विषयक नाटक प्रदर्शन गरेको छ ।

राप्ती गाउँपालिका भित्रका १० वटा स्कुलले भाग लिएको प्रतियोगितामा सिरिन भ्याली पब्लिक स्कुल माैरीघाट प्रथम, शंकर मावि पिपरी द्वितीय, गोल्डेन प्युचर बोर्डिङ स्कुल बिजाैरी तृतीय र मावि माैरीघाटले सान्त्वना स्थान प्राप्त गरेका छन् । नाटकको मुल्यांकनमा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगी र शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बासुदेव खनाल रहेका थिए ।

जंगफुडले बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै राप्ती गाउँपालिकाले विद्यालय क्षेत्रमा जंगफूड बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । त्यही संदेश प्रवाह गर्न नाटक प्रदर्शन गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कल्पना खनालले जानकारी दिएकी छिन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरी (अनुप) को स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए । दिवसका अवसरमा भोली भदाै २९ गते विशेष समारोहको आयोजना गरि दिवस मनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे