मिटरब्याजी नियन्त्रण कार्यदलले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन



मिटरब्याजी नियन्त्रण कार्यदलले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन

काठमाण्डाै २८ भदाै । मिटरब्याजी अपराधी नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन पेस गरेको छ । गृहमन्त्री खाणलाई कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा २ हजार २ सय ८९ उजुरी परेको उल्लेख गरिएको छ । ती उजुरीमध्ये ५९ फरफारक भइसकेका छन् । सात उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अरु सात जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारणहरू, श्रमिक तथा गरिब किसानका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्नका कारणहरू, साहु महाजनसँग ऋण लिने प्रक्रिया, मिटरब्याजीविरुद्ध उजुरी गर्दा पनि ऋणी पक्ष कमजोर हुने कारणहरू, मिटरब्याजको दुष्चक्र, मिटरब्याजी विरुद्धको कारबाहीका अन्तर्राष्ट्रिय अभ्यास एवम् अदालती प्रक्रियामा पीडितको अवस्थाका बारेमा विस्तृत विश्लेषण गरिएको छ ।

देशैभरिबाट मिटरब्याज पीडितहरु काठमाण्डौ आएर धर्ना लगायतका आन्दोलनका कार्यक्रम गर्न थालेपछि सरकारले साउन २७ गते कार्यदल गठन गरेको थियो । कार्यदल गठन गरेर कारबाही प्रक्रिया अघि बढाएको भए पनि काठमाण्डौको माइतीघरमा धर्ना रोकिएको छैन । समस्या समाधान नभइ घर नफर्कने पीडितहरु बताउँछन् ।

यसैबीच हिजो कीर्तिपुरबाट धर्नाका लागि माइतीघर आउँदै गर्दा प्रहरीले बाटोमै हस्तक्षेप गरेर पीडितहरुलाई पक्राउ गरेको थियाे । पक्राउ गर्ने क्रममा भएको झडपमा केही पीडितहरु घाइते समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे