दाङमा भीरबाट खसेका घाईते युवकको मृत्यु



दाङमा भीरबाट खसेका घाईते युवकको मृत्यु
दाङ २७ भदौ । दाङमा लडेर घाईते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ हात्तीखौवा निवासी २६ वर्षीय सुनिल नेपाली रहेको छन् ।
मृतक नेपाली गएको भदौ २४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा ओरालोबाट लडेर गम्भीर घाइते भएका थिए ।
उनी मापसे गरेको कारण त्यहाँबाट लडेको प्रहरीको भनाई छ । घाइते नेपालीलाई प्रहरीले उद्धार गरेर उपचारको लागि राप्ती प्रादेशिक अस्पताल पु¥याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कोहलपुर रेफर गरिएको थियो ।
उपचारको क्रममा सोमबार बिहान साढे ८ बजेको समयमा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे