लुम्बिनी प्रदेश सरकारले माग्यो संघीय सरकारसँग बजेट



लुम्बिनी प्रदेश सरकारले माग्यो संघीय सरकारसँग बजेट

बुटवल २७ भदौ । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग बजेट माग गर्ने गरेको छ । दाङको देउखुरी स्थित स्थायी राजधानीमा निर्माणाधीन अवस्थामा रहेको प्रदेशसभाका संरचना निर्माणमा गर्न थप बजेट माग गरेको हो ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेश राजधानीको पूर्वाधार विकासका लागि विभिन्न दातृनिकायहरु तथा अन्तरराष्ट्रिय वित्तीय संस्थाहरुसँग आवश्यक स्रोत व्यवस्थापनक गरिदिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

यस्तै बैठकले प्रदेशका विपद्जन्य घटनाबाट क्षतिग्रस्त उद्योगलाई सहयोग तथा राहत प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको छ । त्यस्तै ग्रामीण सडक संजाल सुधार आयोजना, कार्यान्वयन इकाई संचालनका लागि अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून तथा सञ्चार मन्त्रीसमेत रहनुभएका प्रवक्ता शर्माले बताए ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले रोल्पामा रहेको तिला जनयुद्ध संग्रहालय विकास समिति सदस्यमा कृष्णकुमार नेपाली, लालसरी घर्तीमगर, मान बहादुर पुनलाई मनोनित गरेको छ । रुकुम पूर्वको चुन्वाङ्ग शान्ति संग्रहालय विकास समितिमा सदस्यमा टिकाबहादुर उपाध्याय, ललिता बुढा, श्री टेक बहादुर बुढालाई मनोनित गरेको छ ।

यस्तै उच्च शिक्षामा मुक्त कमैया, कम्लरी, मुस्लिम र सीमान्तकृत छात्रवृत्ति विवरण कार्यविधि, २०७९ स्वीकृत गर्ने र डा. विष्णु गौतम (एघारौंतह) लाई पाल्पा अस्पताल, तानसेनमा कामकाज खटाउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे